मुस्ताङमा प्रतिनिधिसभातर्फ योगेश गौचन विजयी



पोखरा

मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । विजेता गौचन नेपाली काङ्ग्रेस मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् । स्नातकसम्म शैक्षिक योग्यता हासिल गरेका गौचन पर्यटन व्यवसायी पनि हुन् ।

गौचनले ३ हजार ९ सय ९२ मत हासिल गर्दै विजय प्राप्त गरेका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत हासिल गरे । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकातर्फबाट प्रविण कुमार शेरचन र राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट सुदेश गुरुङ पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।

मुस्ताङमा एक अस्थायीसहित ४० वटा मतदान केन्द्रमा मतदान भएको थियो । मतपेटिकाहरु आजै बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई सर्वदलीय बैठक बसेर गणना सुरु गरिएको थियो । यस जीतसँगै प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसले आफ्नो खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja