लमजुङमा ६०.५८ प्रतिशत मत खस्यो



पोखरा

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा लमजुङमा ६० दशमलब ५४ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कूल मतदाता १ लाख ३३ हजार ५ सय ५९ रहेकोमा ८० हजार ९ सय १७ मत खसेको प्रारम्भिक जानकारी छ । यसमा महिला ४२ हजार ९ सय ३२ र पुरुष ३७ हजार ९ सय ८५ रहेका छन् ।

लमजुङमा स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja