निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन 



पोखरा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा त्यसता संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ ।  

शुक्रबार बर्दिया, संखुवासभा र पश्चिम नवलपरासी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा कञ्चनपुर, प्यूठान, मुस्ताङ, नुवाकोट र दार्चुलाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप विरुद्ध आवश्यक कार्वाही गरी जानकारी गराउन निर्देशन दिएको हो । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेओइसी) मार्फत प्राप्त भएको सूचनाको आधारमा ती स्थानका अधिकारीहरूलाई आयोगले निर्देशन दिएको हो ।

जोओइसीमार्फत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डा तोरण टाँसेको पाइएको,
प्युठानमा पालिकाका पदाधिकारीहरुले आफ्नो पालिकाभित्र गठबन्धनको तर्फबाट प्रचारप्रसारमा संलग्न भएको,  बर्दियामा जिल्लाभित्र विद्यालयतर्फका मतदानमा खटिएका ६ जनालाई सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका कार्यहरु गरेको,  पश्चिम नवलपरासीको बाक्वाणी माध्यमिक विद्यालय सुनवल ख केन्द्रका मतदान अधिकृतले आचरण विपरित मादक पदार्थ सेवन गरेको,  मुस्ताङमा जिल्लाभित्र केही स्थानमा पर्चा पम्प्लेट टाँस गरेको, नुवाकोटको लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकाको अनुगमन गर्दा केही स्थानमा ब्यानर, फ्लेक्स र झण्डाहरु लगायतका प्रचारप्रसारका सामग्रीहरु देखिएको संखुवासभाका मतदान अधिकृतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको दार्चुलाको महाकाली नगरपालिका वडा नं. ४ खलंगामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) द्वारा मोटरसाइकल र्‍याली आयोजना गरिएको सूचना प्राप्त भएको थियो ।
आयोगले यस्ता गतिविधिमा संलग्नलाई कानुन अनुसार आवश्यक कार्वाही गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

facebook sharing button

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja