जनज्योति आधारभूत प्राथमिक विद्यालयका भुवन आचार्यलाई स्पष्टीकरण



पोखरा

निर्वाचन आयोगले जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका वडा नं.५, सिन्धुलीका भुवन आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्र मार्फत लेखी आएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो । ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।

उल्लेखित सन्दर्भमा तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले दलको प्रचारप्रसार गर्ने कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा २३  को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja