गण्डकी प्रदेश: ३१६ मतदानस्थल अति संवेदनशील



पोखरा

गण्डकी प्रदेशभरि ३ सय १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

प्रदेशका ११ जिल्लामा १ हजार २ सय ८३ मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ६३ संवेदनशील र ४ सय ४ मतदानस्थललाई सामान्य रुपमा राखिएको छ । प्रदेशभरि २ हजार ३ सय ३८ मतदान केन्द्र छन् । 

प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीका अनुसार बिकट भूगोल, दलहरूबीचको सम्भावित आपसी द्वन्द्व, सम्भावित निर्वाचनविरोधी गतिविधि, विगतका निर्वाचनमा भएका गतिविधिले सुरक्षा संवेदनशीलतालाई हेरिएको बताए । उनले भने, ‘सबै पालिकामा मोबाइल टोली खटाइएको छ ।

रात्रि गस्ती सुरु गरिएको छ । अन्य सुरक्षा निकायसँग पनि समन्वय गरिखएको छ । सुरक्षा अवस्था मजबुद छ ।’ निर्वाचन विरोधी गतिविधि खासै नदेखिएको र कहींकतै हुन लागे तुरुन्तै निस्तेज पारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja