पर्वतमा बोलेरो जिप दुर्घटना, चालकको मृत्यु, १४ घाइते



पोखरा

उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिपका चालकको मृत्यु भएको छ ।

म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल क्यावको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा चालक जलजला–२ का ३० वर्षीय डम्मरबहादुर दमाईको मृत्यु भएको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । उनका अनुसार जिपमा सवार अन्य १४ जना यात्रु घाइते भएका छन् ।

बुधबार साँझ ५ बजेतिर बेनीबाट मल्लाजका लागि छुटेको जिप करिब साढे ५ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये वर्ष १५ का आशीष नेपाली, वर्ष ४० की माया दमाई, वर्ष ३० का सुमन नेपाली, वर्ष १२ की सृजना परियार र वर्ष १४ का सज्जन परियारलाई म्याग्दी अस्पतालमा प्राथमिक उपचारपश्चात् कास्कीस्थित मणिपाल शिक्षण अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।

त्यस्तै सपना परियार, यशोधा परियार र बिनिता परियारको म्याग्दी अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक राउतले बताए । उनका अनुसार सामान्य घाइते ६ जना म्याग्दी अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

ठाडो उकालोमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकदेखि करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा खस्दै गरेको जिपबाट हामफालेर ज्यान जोगाएका जलजला–२ का अजित परियारका अनुसार मल्लाजबाट बेनीतर्फ आउँदै गरेको ट्र्याक्टरलाई साइड दिनेक्रममा स्टार्ट बन्द भएर जिप चालकले रोक्न खोज्दा नरोकिएर भीरबाट खसेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja