क्याम्पस प्रमुखलाई स्पष्टीकरण



पोखरा

नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को तर्फबाट काठमाण्डौ जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्री समेत संलग्न गरी उजुरी परेको सन्दर्भमा बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण साेधिएकाे हाे ।

 निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ । उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा नेपालमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।

(क) तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको देखिने सामग्री आयोगमा पेश भएको छ । तपाईंले उक्त कार्य गरेको होईन भन्ने आधार प्रमाण के छ?

(ख) तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने र दलका कार्यक्रममा सहभागी हुने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १० को खण्ड (क) र (ज) को उल्लङ्घन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र साेही ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो? स्पष्टीकरण पत्रमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja