वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकेट छनोटमा नवलपुर च्याम्पियन 



पोखरा

वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले तीन खेलमा पूरा जित निकाल्दै ६ अंकसहित शीर्षस्थान कायम गरेको हो । 

मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङ्जामाथि १७५ रनको जित निकाल्दै चार अंकसहित दोश्रो स्थान कायम गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पूरा ५० ओभरमा ९ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पार्यो ।

कास्कीको तर्फबाट अर्जुन कुमालले ७५, शोहिल कुँवरले ६७ तथा सिब्रिन श्रेष्ठले ६४ रन बनाए । स्याङ्जाका बलहरु संयोग बस्यालले ३ र बिमल कँडेलले २ विकेट लिए । स्याङ्जाको पारी ३३.३ ओभरमा १०८ रनमा समेटिँदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । 

स्याङजाका कृष्ण खड्काले २५ र करण पँगेनीले १५ रन जोडे । प्रतियोगिताभर कुल ९ विकेटसहित ५१ रन जोेडेका कास्कीका सुवास भण्डारी सर्वोत्कृष्ट बलर, ३ म्याचमा १६० रन बनाएका कास्कीकै शोहिल कुँवर उत्कृष्ट व्याट्स्म्यान तथा दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे लगायतले आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja