हरेक घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने प्रकाश बरालको प्रतिवद्धता



पोखरा

कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । 

‘अहिले संघीयता काम छैन, प्रदेश संरचनाको औचित्य छैन भन्नेहरु बढेका छन् । हाम्रै कामका कारणले व्यवस्थाप्रति वितृष्णा बढेको हो,’ उनले भने, ‘अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ । विकास, शिक्षा, स्वास्थ्य सबै सुविधा प्रदेशबाटै पाउने गरी काम गरिने छ ।’  उनले आफ्नो निर्वाचन क्षेत्रका हरेक गाउँबाट आधा घण्टाभित्र पालिका केन्द्र पुग्न सक्ने गरी सडक संरचनाको स्तरोन्नती गर्ने बताए । 

‘घान्द्रुकबाट नाउँडाँडा आउने नागरिक आधा घण्टा भन्दा धेरै समय लाग्यो भने सेवा लिन समस्या भयो । राज्यको सेवा झन् जटिल बनाउने होइन,’ उनी भन्छन्, ‘सेवा प्रवाह जति झण्झटिलो भयो, उति ब्यवस्था प्रति प्रश्न बढ्छ । यहाँका सडकलाई स्तरीय बनाएर आधा घण्टामा पालिका आइपुग्ने व्यवस्था मिलाइन्छ ।’ 

उनले नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोड देखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास गर्न आफू प्रतिवद्ध रहेको बताए । यस्तै, सबै गाउँमा एक घर एक धारा पुर्याउने, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने, काठेपोललाई स्टिलको पोलले विस्थापित गर्ने लगायत योजना पनि सुनाएका छन् ।

‘प्रत्येक घरमा विजुली, प्रत्येक घरमा पक्की छाना हुनुपर्छ । गरिव र विपन्न परिवारका लागि सुरक्षित आवासको ज्ञारेण्टी गण्डकी सरकारले गर्छ,’ उनले भने । बरालले आफ्नो निर्वाचन क्षेत्र जलविद्युत उत्पादनका हिसावले प्रभावकारी भएकोले लगानीको वातावरण सिर्जना गरी अधिकतम विद्युत उत्पादनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताए । गण्डकी प्रदेशमा २० हजार मेगावाट विजुली निकाल्न सक्ने प्रक्षेपण छ । 

त्यसमध्ये आर्थिक अवस्थाले १२ हजार मेगावाट विजुली निकाल्न सम्भव देखिएको छ । कास्की ३ (ख) को मोदी लगायत खोला पनि विद्युत उत्पादनका हिसावले निकै सम्भावनायुक्त मानिन्छ ।घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का लगायत गाउँहरु लघु जलविद्युत आयोजनाबाट चौविसै घण्टा उज्यालो छ । तर लघु विद्युत बढी महंगो पर्ने भएकोले राष्ट्रिय लाइन बढी प्रभावकारी हुन्छ ।

उनले आफ्नो क्षेत्रको होमस्टे पर्यटन, ग्रामिण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नतिमा पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja