पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान



पोखरा

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा ल्याइन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ । उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने छ ।

‘थाई कम्पनीको विशेष विमान सुपर किङ एयर बिचक्राफ्ट विमानले पोखरा विमानस्थलमा जडान भएका उडान सम्बन्धी सञ्चार उपकरण, नेभिगेसन, सर्भिलेन्स आदि प्रविधि व्यावसायिक उडानयोग्य छन् या छैन भनेर जाँच गर्ने छ,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले कान्तिपुरसँग भने, ‘यो पोखरामा हुन लागेको पहिलो क्यालिब्रेसन उडान हो । एरोथाईले क्यालिब्रेसन उडान सकेपछि प्रतिवेदन दिने छ । त्यसपछि परीक्षण उडान र व्यवसायिक उडानका लागि बाटो खुला हुने छ ।’

उनका अनुसार क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् । देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो । मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपाल रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ ।

यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja