पोखरा महानगरपालिका वडा नं. ४ स्थित सिसी क्यामेरा जडान



पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ स्थित ज्ञानमार्ग टोलमा सिसी क्यामेरा जडान गरिएको भएको छ ।

ज्ञानमार्ग टोल विकास संस्थाको पहलमा टोलका विभिन्न स्थानमा जडान गरिएको सिसी क्यामेराको शनिबार उद्घाटन गरिएको हो । संस्थाको १०औं वर्षिक साधारण सभाको अवसरमा पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सिसी क्यामेराको स्वीच अन गरि शुभारभ गरे । 

उक्त अवसरमा पराजुलीले टोल विकास संस्थाले एउटा उदाहरणीय कार्य गरेको भन्दै आगमी दिनमा संस्थासंग सहकार्य गर्दै टोलको विकासका निम्ती वडाबाट सहयोग रहने प्रतिवद्धता जनाए । वडासदस्य तथा संस्थाका पूर्व अध्यक्ष प्रकाश कोइरालाले व्यक्तिगत र संस्थागत सहयोग गर्न तयार रहेको बताए ।

संस्थाका सचिव शान्ति श्रीष, कोषाध्यक्ष मनकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको छ । संस्थाले टोलका विभिन्न सात वटा स्थानमा सिसी टिभी जडान गरेको सचिव श्रीषले जानकारी दिइन् । संस्थाका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार ई. सुरेश श्रेष्ठ, डा. कृष्णराज अधिकारी, संस्थाका उपाध्यक्ष रामचन्द्र शर्मा लगायतले बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja