अबको लडाई गरिवी विरुद्धको लडाइँ: उम्मेदवार विश्वप्रकास लामिछाने



पोखरा

नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिवी विरुद्धको लडाइँ रहेको बताएका छन् । पोखरा २१ लेवाडेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला आएको उनको भनाई छ । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनले बताए । राजनीतिक परिवर्त भयो । अब विकास र समृद्धिका लागि काम गर्ने हो ।’ एमाले तर्फ संकेत गर्दे उनले भने, ‘यहीबेला एउटा शक्ति परिवर्तन उल्ट्याउन लागिपरेको छ । संसद विघटन गर्ने र प्रतिगामी शक्तिसंगको साँठगाठले यसलाई पुष्टि पनि गरेको छ । उनीहरुको चलखेल रोकेर अब विकास र समृद्धि तर्फ अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’

उम्मेदवार लामिछानेले विपन्न हकको लागि आफूले काम गर्ने बताए । उनले आफूहरु जनताको असल साथी बनेर आएको चर्चा गर्दै तीन वर्षभित्र वर्ष भित्र खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यबाट पाउने सेवा सुबिधा नलिई गरिब र उत्पिडितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सदस्य खड्क बहादुर नेपाली दलित अहिलेसम्म पार्टीको लागि भर्याङ भएको बताए । उनले बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा नपुगेको उल्लेख गरे । उक्त अवसरमा एमाले पार्टी परित्याग गरि विभिन्न १५० जना स्थानीय माओवादीमा प्रवेश गरकेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

यसैबीच कास्की २ मा गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तीव्ररुपमा अगाडि बढेको छ । अहिले पोखरा १५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २(१) मा प्रदेशसभा सदस्य उम्मेदवार विश्वप्रकास लामिछानेसहित गठबन्धनका नेता कार्यकर्ता घरदैलामा छन् । पोखरा ८ मा गठबन्धनको तर्फबाट कास्की २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेवदवार विन्दु कुमार थापासहित गठबन्धन दलका उम्मेदवार घरदैलोमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja