टर्कीको राजधानी इस्तानबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु



पोखरा

टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।

आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतंकको गन्ध’ आएको बताए ।

न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja