गोरखामा एक जना एमाले नेतामाथि आक्रमण



पोखरा

गोरखा पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको छ । खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja