पर्सामा डेंगु संक्रमणबाट एकजनाको मृत्यु



पोखरा

डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाण्डौं रिफर गरेका थियो । कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja