लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न  नेता चौधरीको चासो 



पोखरा

पश्चिम नवलपरासीमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा विशेष व्यवस्था गरिएको छ ।

बर्दघाट नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न पहल थालिएको हो ।

नार्कोनन् नेपालका कार्यकारी अध्यक्ष बसन्त कुवरको पहलमा अभियान संचालन गर्न लागेको बताईएको छ । स्थानिय तहहरुसंग समन्वय गरी कार्यक्रम संचालन गर्नेजनाईएको छ  ।युवा जनशक्ती लागु औषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ती खेरगए शहर भएकाले यस प्रकारको सहजकर्ता भुमीका खेल्न पाएकोमा आफु खुसी भएको चौधरीले प्रतिकृया दिए ।

पश्चिम् नवलपरासीमा खुला सिमाका कारण प्रहरी प्रशासन लाई समेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरीएको पाईन्छ । बिपन्न समुदायका बालबालिकालाई आर्थिक प्रलोभन देखाएर आोसारपसारकालागि प्रयोग गर्ने गरेको समेत स्थानियहरु बताउछन् ।

सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा चौधरीले सक्रियता देखाएका छन् ।बिद्यालय तहदेखि नै बिद्यार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रमालो ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ ।

सामुहिक रुपमा सबै स्थानिय तह र सम्बद्ध सरोकारवाला सबैलाई जोडेर चौधरीले न्युनिकरणकालागि पहल सुरु भएको बताएका छन् । लागुऔषधका क्षेत्रमा काम  गर्दै आईरहेको प्रतिष्ठित संस्था नार्काेनन् नेपालको सहयोगमा बिषेश अभियानको तयारी गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja