पोखरास्थित ज्योतिकुञ्ज स्कूलमा विद्यार्थीको खेल्नेक्रममा मृत्यु



पोखरा

पोखरास्थित ज्योतिकुञ्ज स्कूलमा अध्ययनरत एक विद्यार्थीको खेल्नेक्रममा ज्यान गएको छ ।मृत्यु हुनेमा कक्षा ८ मा अध्ययनरत पाल्पाको रम्घा-३ घर भएका १४ वर्षीय बालक रोहित थापा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेतिर विद्यालय हाताभित्रकै फुटवल खेल मैदानमा खेल्नेक्रममा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

‘फुटबलको गोल पोस्टको बारमा झुण्डिएर चिन-अप गर्नेक्रममा गोल पोष्टको बार एक्कासी झरेर टाउकोमा लाग्दा रोहित गम्भीर घाइते भएका रहेछन्’, डिएसपी तिवारीले भने । बालकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja