एमाले अध्यक्ष केपि ओली भोली पोखरा आउदै  



पोखरा

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सोमबार पोखरा आउने भएका छन् । अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने नेकपा (एमाले)कास्की जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।

लामाका अनुसार अध्यक्ष ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी)को सहभागिता रहनेछ । यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ, ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने लामाले बताए ।

कार्यक्रममा कास्की जिल्लाभरका संगठित कार्यकर्तालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा रहेर अध्यक्ष ओली लगायतले सम्बोधन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja