निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका नेता पक्राउ



पोखरा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् ।

मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई मध्यविन्दु नगरपालिकाको वसन्तपुरवाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । वलीसँगै नेकपाका जिल्ला सचिव गंगा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्ना पनि पक्राउ परेका छन् ।

सामना जागरण अभियानअन्तर्गत साँस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ । वली नेकपा नवलपरासी जिल्ला अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja