लागूऔषधसहित एक युवकलाई पक्राउ 



पोखरा

लमजुङ प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो।

जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ परेका उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ।

शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja