दुर्लुङ समाज पोखराद्वारा विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ



पोखरा

दुर्लुङ समाज पोखराद्वारा प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

पर्वत जिल्लाको  साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज पोखराले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरेको हो ।  विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरूको सहयोग र सद्भावबाट मन्दिरको विकासमा सहयोग पुगेको बताए । मन्दिरमा संस्कृत पाठशाला सञ्चालनमा रहेको र छिट्टै आयुर्वेदिक अस्पताल समेत सञ्चालनमा ल्याइने भनाइ श्रेष्ठको छ । 

दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताए । समाजका सचिव ईश्वरी पौडेलले समाजले सामाजिक क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja