प्रवक्ता डा. महत- कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्छ



पोखरा

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन् । लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा कार्यक्रममा बुधबार डा. महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताउनुभयो ।

‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, उनले प्रतिप्रश्न गरे । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताए ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता डा महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja