लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ



पोखरा

लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आलेलाई प्रहरीले पक्राउ गरेको छ ।
    
लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको विभिन्न मितिको फैसलाले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको  हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja