अमेरिकाको विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु



पोखरा

संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको छ।

प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी छन् । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कुलमा भएको थियो। गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए। “यो हामी सबैको लागि हृदयविदारक दिन हो’, साकले भने।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja