कांग्रेसको प्रचारप्रसार उपसमिति गठन



पोखरा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरु मनोनयन गर्नुभएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja