‘भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तयार छ’ 



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न नसकिने भएकाले गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहभागी रहेका थिए । सो अवसरमा जिल्लाका सुरक्षाको वस्तुस्थिति, स्रोतसाधन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja