बढ्याे भाइ मसलाको मूल्य



पोखरा

तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ।

गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ । पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपालि प्रतिकिलो ३ हजार रुपैयाँमा आइपुगेको छ ।

अन्जिर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपियाँदेखि १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्री हुँदै आएको श्रेष्ठले बताए। तिहारमा समान्यतया, ‘ड्राईफ्रुट्स’ प्रयोग हुने र ड्राईफ्रुट्सको आयात डलरमा हुने भएकाले पनि तिहारमा भाइमसलाका रूपमा प्रयोग हुने बस्तुको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।

अहिले डलरको भाउ बढेकाले भाइमसलाका रूपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने भएकाले अहिले भाइमसलाको भाउ बढेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja