व्यावसायिक रुपमा घाँस खेती 



पोखरा

जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् ।श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उनले  व्यावसायिक घाँस खेती गर्दै आएका हुन्।  

गैँडाकोटसहित  देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उनले घाँस खेतीसहित उखु, गिठ्ठा लगाएका छन् । व्यावसायिक घाँस खेतीमा लागे  उनले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । वार्षिकरुपमा घाँस बिक्रीबाट  रु २५ लाखसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ रहेको छ । कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आएका छन् । 

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उनले बताए । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताए ।

घाँस बिक्रीमा खासै समस्या नभएको उनको भनाइ रहेको छ । जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बताए । उनले  सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आएका छन् । घाँस प्रतिकेजी रु छ प्रतिकेजी र  घाँसका बिरुवा प्रजाति हेरि प्रतिबिरुवा रु दुईदेखि रु ५० सम्ममा बिक्री हुने गरेको भट्टले बताए । हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja