अवैध गरगहनासहित तालचोकबाट दुई युवक पक्राउ



पोखरा

पोखरा-२७ तालचोकबाट भारतको मोतिहारी रक्सौल घर बताउने २१ वर्षीय राजु कुमार शाह र बारा करेयामाई घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई अवैध चाँदीका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट ३ लाख रुपैयाँ भन्दा बढीको गरगहना तथा ५७ हजार नगद बरामद गरिएको हो ।

प्रहरीले उनीहरुलाई पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त परिमाणको गरगहना र नगद फेला परेको जनाएको छ । उनीहरुलाई राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाएको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja