असोजमा मात्र बागलुङ कालिकामा ३५ लाख रुपैयाँ भेटी सकंलन



पोखरा

असोज महिनाभर बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ३५ लाख ३७ हजार कमाएको छ ।

असोज महिनामा १९ लाख ४० हजार रुपैयाँ खर्च पनि गरेको छ । हरेक दिनको भेटीलगायतको कमाइ सार्वजनिक गर्दै आएको गुठीले असोज महिनाको आयव्यय सार्वजनिक गरेको हो । असोज महिनामा मात्रै १५ लाख ९७ हजार रकम बचत गरेको अध्यक्ष कुमार खड्काले बताए। गुठीका सचिव तारा शर्माले दिएको जानकारी आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च गरेको छ ।

खर्चतर्फ तलबका लागि ५ लाख २ हजार, बिजुली खर्च १८ हजार अतिथि सत्कारमा १४ हजार, आर्थिक दान १० हजार, पूर्वाधार निर्माणमा १२ लाख ८ हजार, खाद्यान्न तथा आवासमा ४४ हजार ५ सय, मर्मतसंहारमा १४ हजार ७ सय ४३ तथा साँस्कृतिक कार्यक्रममा १ लाख २२ हजार ५ सय खर्च भएको बताए । अन्य खर्चमा ६ हजार रुपैयाँ देखाइएको छ ।

आम्दानीतर्फ नगद भेटीमा मात्रै १९ लाख २२ हजार संकलन भएको हो भने चामल बेचेर ८५ हजार, बोकाको टाउकोबाट २ लाख १३ हजार, कुखुराबाट १७ हजार, राँगोबाट ५ हजार ८ सय र घरभाडाबाट ३ लाख ८२ हजार संकलन भएको हो । विवाहबाट १३ हजार, आर्थिक सहयोगबाट १ लाख ७६ हजार तथा परेवाबाट ६ लाख ७६ हजार संकलन भएको बताइएको छ । असोज महिनाभरमा भक्तजनले चाँदीको औंठी एक थान, चाँदीको सिक्का १ थान, चाँदीकै घोडा १ थान र सुनको टिका २ थान चढाएका थिए ।

त्यस्तै चाँदीको पाउजु २ जोर, सुनको मुन्द्रा १ ओटा, सुनको तिलहरी १ वटा तथा सुनको टुक्रा १ र चाँदीको ताज १ वटा चढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja