चाँदी जस्तो देखिने धातुसहित पोखरामा दुई जना पक्राउ



पोखरा

प्रहरीले पोखरा महानगरपालिका-३२ मझुवाबाट मंगलबार दिउँसो चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामानहरू सहित भारत घर भएका २१ वर्षीय राजु कुमार साह र बारा करैयामाई गाउँपालिका-८ बस्ने ३४ वर्षीय सरोज मियाँ मसुरलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९३०८ नम्बरको बसमा सवार राजु कुमारलाई १ सय ९३ तोला ९२ लाल र ग.१ ख २६९५ नम्बरको बसमा सवार सरोजलाई ४ सय १३ तोला ५२ लाल बराबरको चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja