राष्ट्रिय खेलकुद: पुरुष बास्केटबल तर्फ आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा



पोखरा

गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आफ्नै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ । समूह चरणको अंक तालिकामा आर्मी ८ अंकका साथ विजेता बनेको छ भने एपिएफले ७ अंक जोड्दै उपविजेता बनेको छ ।

त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अंक तालिकामा उपविजेता हुँदै ७ अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ । समूह बि अन्तर्गत अंक तालिकामा ८ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अंक जोडेको छ ।

यसैबीच सेमिफाइनलका खेलहरु भोलि विहान हुनेछन् । ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत आज दिउसो २ बजेदेखि समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja