म्याग्देमा ८०० बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण



पोखरा

तनहुँ म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ ।

गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो । त्यसैगरी शिविरबाट दश जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर  परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

म्याग्दे–७ समिभञ्ज्याङ्गका रामबहादुर थापाले टोल र घरसम्म आएर ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा असाध्यै खुुशी लागेको बताए । वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको उनले बताए । 

शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरवाट उपलब्ध गराइएको छ ।  

असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja