भारतको केदारनाथनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु



पोखरा

भारत उत्तराखण्ड राज्यको धार्मिक तीर्थस्थल केदारनाथनजिकै ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । केदारनाथ धामबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । तीर्थालु बोकेको उक्त हेलिकोप्टर केदारनाथबाट फटा हेलिप्याडका लागि उडेको जनाइएको छ । दुर्घटनापछि प्रहरी र राज्य विपद् प्रतिकार्य बल घटनास्थल पुगेका थिए ।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुःख व्यक्त गरेका छन् । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । राज्यका मुख्यमन्त्री पुष्कर धामीले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja