‘मोफसल भ्रमण’ सकेर फर्कियो महापुरुष टिम



पोखरा

आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ ले मोफसल भ्रमण सकेको छ । गत २५ असोजमा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० असोजमा पोखरामा सकिएको हो ।

मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मबारे जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले टुर गरेका थिएँ । कोरोनाको महामारीपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसी लागेको अभिनेता आचार्यले बताए ।

फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja