नाइजेरियाको एक चर्चमा बन्दुक आक्रमणमा परी दुई महिलाको मृत्यु



पोखरा

अफ्रिकी मुलुक नाइजेरियाको कोगी राज्यको फेले क्षेत्रस्थित सेलेस्टियल चर्च अफ क्राइस्टमा आयोजित एक कार्यक्रमका क्रममा अज्ञात बन्दुकधारीहरुको समूहले आइतबार अबेर राति आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा केही घाइते भएका नाइजेरियाली प्रहरीले जनाएको छ ।

मारिने दुबै श्रद्धालुहरु महिला रहेको जनाइएको छ । आक्रमणमा घाइते भएकाहरुको उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । आक्रमणपछि घटनास्थलमा प्रहरी पुगेपछि बन्दुकधारी फरार भएका थिए ।

धार्मिक कार्यक्रममा भाग लिइरहेका श्रद्धालुहरूलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शवगृहमा राखिएको प्रहरीको भनाइ छ । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।नाइजेरियामा पछिल्लो समय धार्मिक एवम् जातीय हिंसा बढ्दै गएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja