लमजुङमा लागूऔषधसहित २ जना युवक पक्राउ 



पोखरा

लमजुङमा लागूऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।

बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका २ युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । आइतबार बिहान साढे ६ बजेतिर बसबाट ओर्लिएका २ युवक बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको डीएसपी प्रकाश श्रीमलले बताए ।

उनका अनुसार जाँचका क्रममा उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित २ वटा मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार २ वर्षसम्म कैद र नगद १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ गरेका दुवै जना कारोबारी र प्रयोगकर्ता दुवै रहेको खुलेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङले लागूऔषध दुर्व्यसनी र ओसारपसार रोकथाम तथा नियन्त्रण कार्यलाई प्राथमिकता राखेर कडाइका साथ जाँच गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja