काँग्रेसबाट प्रतिनिधिसभाको टिकट पाउने ८६ जना



पोखरा

सत्तारूढ दल नेपाली काँग्रेसले ८६ जनालाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ ।

काँग्रेसको संसदीय बोर्डले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको हो । काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित पाँचदलीय सत्ता गठबन्धनबाट ८६ सिट पाएको हो ।

काँग्रेसबाट टिकट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेताहरूमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपभसभापति तथा दुवै महामन्त्री छन् । त्यस्तै डा. मिनेन्द्र रिजाल लगायतका चर्चित अनुहारले यस निर्वाचनमा टिकट पाएका छैनन् ।

काँग्रेसले प्रतिनिधिसभामा प्रदेश १ बाट १९, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा उम्मेदवारी दिदै छ ।

काँग्रेसका प्रतिनिधिसभातर्फका उम्मेदवार 

प्रदेश–१ 

इलाम–२ – डम्बर खड्का
झापा–१ – विश्वप्रकाश शर्मा
झापा–३ – कृष्णप्रसाद सिटौला
झापा–४ – देउकुमार थेबे 
झापा–५ – खगेन्द्रपाण्डव अधिकारी
मोरङ–१ – डिगबहादुर लिम्बू
मोरङ–२ –  सुजाता कोइराला
मोरङ–३ – सुनील शर्मा
मोरङ– ६ – डा. शेखर कोइराला
सुनसरी २ – सिताराम मेहता
सुनसरी–३ – विजयकुमार गच्छदार
सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनील बहादुर थापा
सोलुखुम्बु – बलबहादुर केसी
उदयपुर–१  डा. नारायण खड्का
तेह्रथुम – सीता गुरुङ
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा

मधेस प्रदेश

धनुषा–२ – रामकृष्ण यादव
धनुषा–४ – महेन्द्र यादव
बारा–१ – उमाकान्त चौधरी
सप्तरी–१ – रामदेव साह
सप्तरी–३ – दिनेशकुमार यादव
सप्तरी–४ – तेजुलाल चौधरी 
सिरहा–१ – पद्मनारायण चौधरी
सिरहा–२ – चित्रलेखा यादव
महोत्तरी–४ – महेन्द्रकुमार राय यादव
सर्लाही–४ – नागेन्द्रकुमार राय
रौतहट–२ – रित्तोद आलम
रौतहट–४ – देवप्रसाद तिमिलसिना  
पर्सा–२ – अजयकुमार चौरासिया
पर्सा–३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा–४ – रमेश रिजाल

वाग्मती प्रदेश

काठमाडौं–१ – प्रकाशमान सिंह
काठमाडौं–३ – सन्तोष चालिसे
काठमाडौं–४ – गगन थापा 
काठमाडौं–६ – भीमसेनदास प्रधान
काठमाडौं–१० – राजेन्द्रकुमार केसी
नुवाकोट–२ – अर्जुननसिंह केसी
सिन्धुली–१ – श्यामकुमार घिमिरे
काठमाडौं–५ – प्रदीप पौडेल
सिन्धुपाल्चोक–२ – मोहनबहादुर बस्नेत
मकवानपुर–१ – महालक्ष्मी उपाध्याय ‘डिना’
चितवन–१ –  विश्वनाथ पौडेल
चितवन–२ – उमेश श्रेष्ठ
ललितपुर–१ – उदयशमशेर राणा
काभ्रे–२ –  शिवप्रसाद हुमागाईँ
भक्तपुर–२ – दुर्लभ थापा
रसुवा – मोहन आचार्य
धादिङ–२ – रामनाथ अधिकारी 
रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

तनहुँ–१ – रामचन्द्र पौडेल
तनहुँ–२ – शंकर भण्डारी
स्याङ्जा–१– राजु थापा
स्याङ्जा–२ – धनराज गुरुङ
नवलपुर–१ – शशांक कोइराला
पर्वत – अर्जुन जोशी
मनाङ  – टेकप्रसाद गुरुङ 
कास्की–१ – किशोरदत्त बराल
गोरखा–१ – राजेन्द्र बजगाईँ

लुम्बिनी प्रदेश

बाँके–३ – किशोरसिंह राठौर
बर्दिया–१ – सञ्जय गौतम
दाङ–३ – दीपक गिरी
कपिलवस्तु–२ – सुरेन्द्र आचार्य
कपिलवस्तु–३ – अभिषेकप्रताप साह 
रुपन्देही–३ – बालकृष्ण खाँण
रुपन्देही–४ – प्रमोद यादव
रुपन्देही–५ – भरतकुमार शाह
नवलपरासी–१ – विनोद चौधरी
नवलपरासी–२ – देवेन्द्र कँडेल
अर्घाखाँची – पुष्पा भुसाल
गुल्मी १ – चन्द्र भण्डारी 

कर्णाली प्रदेश

सुर्खेत–१ – पूर्णबहादुर खड्का
सुर्खेत–२ – हृदयराम थानी
मुगु – ऐनबहादुर शाही
दैलेख–२ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

डडेलधुरा – शेरबहादुर देउवा
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्रप्रसाद बडू
कञ्चनपुर–२ – एनपी साउद
कञ्चनपुर–३ – रमेश लेखक
कैलाली–१ – रामजनम चौधरी
कैलाली–४ – वीरबहादुर बलायर
अछाम–२ – पुष्प शाह
कैलाली–५ – डिल्लीराज पन्त

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja