युनिसेफ- युक्रेनमा युद्धका कारण ४० लाख बालबालिका गरिबीमा



पोखरा

युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वीयुरोप र मध्यएसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएका राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकाले वहन गरिरहेका छन्।

द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन्, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो। निष्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्यांकहरूको अध्ययन गरेको थियो। फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन्।

पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठूलो जनसंख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ। ‘युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त  बालबालिकाको घर हो’, युनिसेफले भन्यो।

त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ। युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्। ’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja