‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ’



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीले सरकार र जनताबीच नजिकको साथीका रुपमा भूमिका खेलेको बताएका छन् । ६७ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनतालाई सरकारसँग जोड्ने काम प्रहरीले गरेको छ ।’

उनले शान्ति सुरक्षा विकास निर्माणका लागि अपरिहार्य तत्व भएको बताउँदै भने, ‘यसमा प्रहरीले आफूलाई अब्बल साबित गराएको छ ।’ जुनसुकै बेला आपतविपद् पर्दा जनताले सुरुमा प्रहरीलाई सम्झिने बताउँदै उनले यसलाई सबल र सुदृढ बनाउँदै जाने बताए ।

सुरक्षा र न्यायप्रति जनतालाई अनुभूति दिलाउने सन्दर्भमा प्रहरीले सबैको आशा, विश्वास र भरोसाको केन्द्र भएको बताउदै देउवाले प्रहरीले आफ्नो कार्यसम्पादनबाट देशभित्र नभइ, बाहिर पनि प्रशंसा कमाएको बताए ।उनले भने, ‘संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी भएर प्रहरीले गरेको काम प्रशंसनीय छ ।’ उनले प्रहरीको आधुनिकीकरण र सुदृढीकरणलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja