‘एल क्लासिको’मा रियल म्यड्रिडको जीत



पोखरा

स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक एक गोल गरे। बार्सिलोनाको फेरान टोरेसले एक गोल गरे।

आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो। ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे। ८३औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २–१ मा भरेको थियो।

तर, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जित निकाल्न सफल भयो।

जितसँगै रियलले नौ खेलबाट २५ अंक सहित शीर्षस्थानमा छ। सिजनको पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja