इरानको इभिन कारागारमा आगलागीमा परी ८ जनाको मृत्यु



पोखरा

इरानको राजधानी तेहरानस्थित इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यसअघि उक्त कारागारमा भएको आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु भएको र अरु ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले आइतबार जनाएको थियो ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच झडप भएको र पछि आगलागी भएको जनाइएको छ । मृतकमध्ये अधिकांशको विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएको अधिकारीले जनाएका छन् । ती कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो ।

घाइते ६१ मध्ये ५१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र बाँकी १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । घटनापछि जारी प्रतिवेदन अनुसार अधिकारीहरुले चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाउन सफल भएका थिए । अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये थप चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja