कांग्रेसद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त



पोखरा

नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो । जोशीको आज बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । 

‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा उनले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।’ 

साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने जोशी नेपालको एक मात्र व्यक्ति हुन् । जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहेका थिए ।

यस्तै जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उनले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उनको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja