डाउनहिल साइक्लिङमा पुरुष र महिलात दुवै तर्फ नेपाल आर्मीका खेलाडी बिजेता



पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवै तर्फ नेपाल आर्मीका खेलाडी बिजेता बनेका छन् ।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९ सेकेण्ड १०२ मिलिसेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन् ।

त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२ सेकेण्ड १०५ मिलिसेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५ सेकेण्ड ६९२ मिलिसेकेण्डमा उक्त दुरी पुरा गरि कास्य पदक जित्न सफल भएका छन् ।

यता महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३ सेकेण्ड ५८ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् ।

खनालले २ मिनेट ३७ सेकेण्ड ४५ मिलिसेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४० सेकेण्ड ०९ मिलिसेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन् ।

आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १/१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १/१ कास्य पदक जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja