पोखराको बेगनासतालमा डुङ्गा पल्टिँदा एक पुरुषको मृत्यु



पोखरा

पोखराको माझीकुना स्थित बेगनासतालमा शुक्रबार डुङ्गा पल्टिँदा पोखरा १३ बाझापाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो । गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट लाइफ ज्याकेट नलगाई आफै डुङ्गा लिएर जाँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ ।

उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन् ।

करिब साढे चार बजे डुबेका गुरुङको शव दुई घण्टापछि फेला परेको थियो । पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गुरुङ चाडबाड मनाउन नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja