पोखरामा राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु



पोखरा

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट पोखरा सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।१०० मिटरमाथिबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja