बागलुङमा जिप खस्दा ३ जना घाइते



पोखरा

बागलुङको जैमिनी नगरपालिका वडा नंं १० राङखानीको डाँडाखानीमा शुक्रबार दिउँसो बिजुलीको सामान बोकेर गएको ध १ च ६२ नम्बरको जिप सडकदेखि १ सय मीटर तल खस्दा ३ जना घाइते भएका छन् ।

घटनामा बागलुङको बडिगाड गाउँपालिका वडा नंं ७ का २५ वर्षीय सञ्जय राम्जाली र चुडाबहादुर श्रीश सख्त घाइते भएको प्रहरीले बतायो। घटनामा जिपका चालक जैमिनी १० का ३५ वर्षीय भरत पुन पनि घाइते छन् ।

घाइते सबैलाई इलाका प्रहरी कार्यालय कुश्मीसेराको टोलीले उद्दार गरेको छ । सख्त घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लैजान पहल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja