पोखरामा कात्तिक १० गते भाइटिका महोत्सव आयोजना हुने



पोखरा

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।

कोभिडकै कारण अघिल्ला दुई बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको श्रेष्ठले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja