अन्नपूर्ण पदमार्गबाट पाँच सय ८१ पर्यटक बाहिरिए



पोखरा

चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।

यसरी फर्किने धेरैजसो इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् ।

केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ ९५,४१६ मिटर० पार गरेर मुक्तिनाथ पुगेको उनले बताए ।एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja