स्याङ्जाबाट ७ जनाले लिए उम्मेदवारी फिर्ता



पोखरा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्याङ्जाबाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जना छन् ।स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दबहादुर रानाभाट, एकीकृत समाजवादीका विष्णु गिरी र स्वतन्त्र उम्मेदवार अर्जुनप्रकाश पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, प्रदेशसभा (२) मा एकीकृत समाजवादीकी शर्मिला पौडेल र मनोज नेपाली घर्ती रहेका छन् । घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने वामगठबन्धनको तर्फवाट कांग्रेसका कुमार रानाले उम्मेदवारी दिए पनि पौडेलले पनि दिएकी थिइन् । पार्टी केन्द्रको निर्देशनमा उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

यसैगरी श्रेष्ठ गण्डकी प्रदेश सरकारका शिक्षामन्त्री हुन् । गठबन्धनको निर्णयले माओवादीकी अमृता थापामगरलाई उम्मेदवार बनाइएको भए पनि उनले उम्मेदवारी दर्ता गर्ने समयमा टिकटको पत्र देखाउँदै दर्ता गराएका थिए । जिल्लास्थित गठबन्धनको बैठक र केन्द्रीय गठबन्धनको निर्णयअनुसार अमृतालाई सहयोग गर्नेगरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका कपिलदेव न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja